दफा १६
समिति वा उपसमिति गठन गर्न सक्ने
(१) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमितिहरु गठन गर्न सक्नेछ । बोर्डले तोकिदिएको सदस्य यसरी गठन भएको समिति वा उपसमितिको संयोजक हुनेछ । (२) उपदफा (१) बमोजिम गठन भएका समिति वा उपसमितिहरुको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र, बैठक भत्ता तथा कार्यावधि बोर्डले तोकेबमोजिम हुनेछ ।